Free WiFi को जोखिम र चलाउने सुरक्षित तरिका हरु ।।

Free WiFi कीन जोखिम पूर्ण छ भन्ने सामान्य जानकारीका लागि यो लिंक क्लिक गर्नुहोस् 👇👇👇 :


अब बुझौं fake WiFi भनेकाे के हो ?
हजुरलाई hotspot थाहा छ ? हो ! त्यो पनि एक प्रकारको fake WiFi नै हो, तपाईंले गर्ने हरेक कार्य खासमा तपाईं जसको hotspot प्रयोग गरेर चलाउँदै हुनुहुन्छ उसको सर्भर बाट कम्पनी अथवा त्यो main server सम्म पुग्दछ, र यदि उसले चाहयो भने तपाईंको उसको WiFi प्रयोग गर्दा सम्मको सबै कार्यहरू ट्रयाक गर्न पनि सक्दछ , र तपाईंको कम्प्युटर र मोबाइलमा मालवेयर, भाइरस हरुपनि ट्रान्सफर गर्ने क्षमता राख्दछ ।


त्यस्तै यदि तपाईं कुनै पब्लिक ठाउँमा जानु भयो र त्यहाँ कसैले तपाईंलाई फसाउनकै लागि एउटा fake WiFi create गरेको छ भने र तपाईं त्यहाँ केही सुरक्षा नअपनाई कनेक्ट गरेर आफ्नो बैंकिङ कारोबार र अरु केही महत्व कार्य गर्न लाग्नुभयो भने तपाईं ठूलो संकटमा पर्न सक्नु हुन्छ ।



#सामान्य_तह_फ्री_वाइफाइमा_के_के_चलाउन_सकिन्छ ??
सामान्य रूपमा केही न्युज, अनलाइन सर्च, अथवा जुन कुरा अरूले थाहा पाए पनि तपाईंलाई त्यत्ति केही फरक पर्दैन त्यस्ता खालका कुराहरू तपाईं प्रयोग गर्न सक्नुहुनेछ,
तर ,
कुनै महत्व पूर्ण साइट अथवा एप खोल्ने सल्लाह म दिँदैन ।


#के कस्ता सुरक्षा अपनाएर प्रयोग गर्न सकिन्छ त??

- जुन होटल, क्याफे, अथवा अन्य ठाउँको वाइफाइ प्रयोग गर्दै हुनुहुन्छ , के त्यही नै त्यहाँको आधिकारिक वाइफाइ हो पुष्टि गर्ने ,
- महत्वपूर्ण फाइल , वेबसाइट, फाइनान्स कारोबार बारे नहेर्ने,
- सामाजिक सञ्जालको प्रयोग नगर्ने ,
- नचिनेको वाइफाइ प्रयोग नगर्ने ।
- यदि गर्नै परेको खण्डमा एउटा राम्रो VPN (paid or free ) प्रयोग गर्ने ,
- कुनै साधारण पसल, अथवा कुनै ठाउँमा अनलाइन पेमेन्टकोलागि बरु मोबाइल डाटा नै प्रयोग गर्ने ।
- सकेसम्म र सुविधा भए सम्म transaction को लागि पासवर्ड टाइप गर्नु भन्दा फिङ्गर प्रिन्ट system हरुकै प्रयोग लाई जोड दिने ।

#Fake_WiFI कसरी चिन्ने ??


यदि तपाईं कुनै खुला ठाउँमा हुनुहुन्छ र त्यहाँ एउटा ओपन वाइफाइ देख्नु भयो जसमा कुनै पासवर्ड हान्नु पर्दैन, यदि त्यहाँ कोही आधिकारिक वाइफाइ सेवा प्रहदक हुनुहुन्न र पनि free WiFi देखाई रहेको छ भने त्यो एउटा trap पनि हुन सक्छ ।(must likely to be )
र त्यस अलावा पनि यदि होटल होस्, क्याफे हुन्छ, जहाँ कतै पनि यदि केही उटपट्याङ नाम गरेको e.g dfjiklfc WIFI यस्तो खालको वाइफाइ देख्नु भयो भने पनि त्यो वाइफाइ नभई hotspot ho भन्ने बुझ्नुहोस्।

त्यो एरिया को owner सँग पुष्टि नगराई वाइफाइ कनेक्ट नगर्नु होस्,

Best_practice : घरको वाइफाइ को पासवर्ड पनि नियमित रूपमा परिवर्तन गर्नुहोस् , 


धन्यवाद ।।

Free WiFi को जोखिम र चलाउने सुरक्षित तरिका हरु ।। Free WiFi को जोखिम र चलाउने सुरक्षित तरिका हरु ।। Reviewed by Bhuwan on July 15, 2020 Rating: 5

No comments:

Other Devices

2/otherDevices/grid-big
Powered by Blogger.