के पासवर्ड शेयर गर्नु राम्रो कुरा हो ??

 होइन ! , पासवर्ड शेयर गर्नु कुनै पनि अवस्थामा राम्रो कुरा होइन ।


किन ??

-१- गोपनीयता सबै मानवको अधिकारको विषयको कुरा हो । तपाईं कसै सँग जतिनै नजिक भएपनि तपाईंले आफ्नो गोपनीयताको आधिकार प्रयोग गर्न पाउनु तपाईंको मानव आधकर हो । Right to privacy ।
यदि तपाईं मन्जुर हुनुहुँदैन भने चाहे उहाँ हजुरको श्रीमान, श्रीमती, सन्तान, अभिभावक जो सुकै किन नहोस् , तपाईंको गोपनीयता (privacy) सँग हस्तक्षेप गर्न पाउने अधिकार कसै सँग हुँदैन । र पासवर्ड शेयर गर्ने कामले सोझै तपाईंको गोपनीयता मा हमला बोल्ने हुँदा यो कार्यलाई सधैं निरुत्साहित नै गरेको राम्रो ।

-२- सबै मानिस सधैं भरी आफ्ना नहुन सक्छन्, धेरै जसो युवा जोडी हरुमा सामाजिक सञ्जालको पासवर्ड
शेयर गर्ने प्रचलन का कारण नै मन मुटाव पछि एक अर्काको आईडी बाट अनैतिक पोस्ट गर्ने देखि लिएर अश्लिल भिडियो सामाजिक गर्दिने जस्ता साइबर क्राइम बढ्दो छ ।यसलाई निर्मूल पार्न को लागि पनि यस्तो खालको काम गर्नु हुँदैन ।

-३- तपाईंको सबै विवरण माथि पनि हस्तक्षेप हुन सक्छ । आजकल धेरै वेबसाइट र विभिन्न एप हरुमा login गर्नको लागि पनि सिधै फेसबुक अथवा जिमेल अकाउन्ट बाट sign in गरेर सिधै अकाउन्ट बनाउन सकिन्छ , यस्तो अवस्थामा यदि हजुरले जिमेल को पासवर्ड शेयर गर्नु भएको छ भने उसले अब हजुरको मोबाइलमा ब्याकअप भएको सबै फोटो हेर्न सक्छ , तपाईंको गुगल ड्राइभमा भएको सबै फाइल हेर्न सक्छ, र त्यो मात्र नभएर हजुरको फेसबुक देखि लिएर अन्य विभित वेबसाइट हरुको पासवर्ड पनि सजिलैसँग बदल्न सक्छ, अथवा पासवर्ड नै नबदली पनि तपाईंको फेसबुक देखि लिएर विभिन्न एप प्रयोग गर्न सक्छ, यस्तै फेसबुक को पासवर्ड शेयर गर्नु भयो भने पनि फेसबुक देखि जोडिनु भएका विभिन्न क्षेत्र हरुमा उसको हात पुग्न सक्छ, र यस्तै लापरवाहीका कारण कहिलेकाहीँ तपाईंको फाइनान्सियल वालेट ( PayPal, esewa,khalti) हरु सम्म लुटिन सक्ने जोखिम बढछ।


के कस्ता खालका पासवर्ड सजिलै hack हुन सक्छन् र कस्ता पासवर्ड ह्याक हुने चान्स न्यून हुन्छ जान्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
👇👇👇
के पासवर्ड शेयर गर्नु राम्रो कुरा हो ?? के पासवर्ड शेयर गर्नु राम्रो कुरा हो ?? Reviewed by Bhuwan on July 21, 2020 Rating: 5

No comments:

Other Devices

2/otherDevices/grid-big
Powered by Blogger.